विद्युत् व्यापारमा निजी क्षेत्र प्रवेशको ढोका खुल्दै, एलओआई दिने तयारी अन्तिम चरणमा
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको बताएका छन्। निजी क्षेत्रलाई विद्युत् व्यापारका लागि आशयपत्र (एलओआई) दिने तयारीसमेत भइरहेको उनले जानकारी दिए।बुधबार मन्त्रालयमा पछिल्लो ६ महिनाको प्रगति समीक्षा सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले विद्युत्...

