अमेरिका र चीनको नीतिले विकासोन्मुख देशहरुको टेन्सन बढ्नसक्ने, उदीयमान बजारलाई थप सकस
काठमाण्डौ । अमेरिकाको नीतिमा परिवर्तन र चीनको अनिश्चित वृद्धि दरका कारण उदीयमान अर्थतन्त्रहरूले सन् २०२५ मा कठिन समयको सामना गर्नुपर्ने आँकलन सार्वजनिक भएको छ। जेपी मोर्गनले आफ्नो वार्षिक प्रतिवेदनमा यस्तो बताएको हो । प्रतिवेदनले पनि उदीयमान बजार बन्ड कोषबाट ठूलो रकम निकाल्न सकिने अनुमान गरेको छ। यो प्रतिवेदन मंगलबार सार्वजनिक गरिएको हो ।