९ वर्षसम्म अलपत्र कालीगण्डकी करिडोर, अन्ततः ठेक्का तोडियो
काठमाण्डौं । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडकको बहुचर्चित कोवाङ–जोमसोम खण्डमा वर्षौँदेखि भइरहेको ढिलासुस्ती अन्ततः ठेक्का रद्दसम्म पुगेको छ ।सरकारले निर्माण कम्पनी पप्पु–गौरी पार्वती कोशी एन्ड न्यौपानेसँगको सम्झौता औपचारिक रूपमा अन्त्य गर्दै अधुरो काम पूरा गर्न नयाँ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

