एनपीएलमा कीर्तिपुर नगरपालिकाको एक्सन, कर नतिरेका विज्ञापन हटाउने टिकट आम्दानीमा पनि हिस्सा खोज्दै
काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण चलिरहँदा कीर्तिपुर नगरपालिकाले त्रिवि क्रिकेट मैदानभित्र तथा आसपास राखिएका विज्ञापन र टिकट बिक्रीबाट हुने आम्दानीमा आफ्नो राजस्व अधिकार खोज्न थालेको छ।नगरपालिकाले आफ्नो क्षेत्रभित्र प्रदर्शन गरिएका विज्ञापनले तोकिएको विज्ञापन कर तिरे–नतिरेको अनुगमन गर्दै कर नतिरेका विज्ञापन सामग्री हटाउने तयारी गरेको छ।...

