क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा, महिलाको निःशुल्क स्वास्थ्य परीक्षण
काठमाण्डौ । काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा स्त्रीरोगको निःशुल्क परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।महानगरको वडा नं. २७ ले आउँदो असोज १७ गते शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो। शिविर सञ्चालनका लागि वडाले निजामती कर्मचारी अस्पतालसँग सम्झौता गरिसकेको छ।वडाले ‘वडाको अग्रसरतामा क्यान्सरमुक्त टोल,...

