नगरप्रहरी प्रमुख भन्छन्– सुरक्षाको प्रत्याभूति नभएसम्म सडकमा खटिन सक्दैनौँ
काठमाण्डौ। काठमाडौं महानगरपालिकाका नगरप्रहरी दुई दिनदेखि नियमित सडक ड्युटीमा नखटिँदा राजधानीका फुटपाथ र सडक किनार पुनः अस्तव्यस्त बन्न थालेका छन्।नगरप्रहरीको अनुपस्थितिमा फुटपाथमा व्यापार गर्ने, सडक किनारमा जथाभावी सवारीसाधन पार्किङ गर्ने र सार्वजनिक आवागमनमा अवरोध पुर्याउने गतिविधि बढेको देखिएको छ।काठमाडौं महानगर नगरप्रहरी बलका प्रमुख विष्णु जोशीले पछिल्लो...

