आईतवार, असार २८,२०८३ 08:04:53
Bizshala
  • आईतवार, असार २८,२०८३ 08:04:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नगरप्रहरी प्रमुख भन्छन्– सुरक्षाको प्रत्याभूति नभएसम्म सडकमा खटिन सक्दैनौँ

Laxmi Sunrise Bank Limited
नगरप्रहरी प्रमुख भन्छन्– सुरक्षाको प्रत्याभूति नभएसम्म सडकमा खटिन सक्दैनौँ

 

काठमाण्डौ। काठमाडौं महानगरपालिकाका नगरप्रहरी दुई दिनदेखि नियमित सडक ड्युटीमा नखटिँदा राजधानीका फुटपाथ र सडक किनार पुनः अस्तव्यस्त बन्न थालेका छन्।

नगरप्रहरीको अनुपस्थितिमा फुटपाथमा व्यापार गर्ने, सडक किनारमा जथाभावी सवारीसाधन पार्किङ गर्ने र सार्वजनिक आवागमनमा अवरोध पुर्‍याउने गतिविधि बढेको देखिएको छ।

काठमाडौं महानगर नगरप्रहरी बलका प्रमुख विष्णु जोशीले पछिल्लो घटनाक्रमपछि नगरप्रहरीहरूले असुरक्षित महसुस गरेकाले नियमित ड्युटी रोकिएको बताए।

New Office
CG Motors
Garima Development Bank

‘पछिल्लो घटनापछि उत्पन्न परिस्थितिले नगरप्रहरीहरू असुरक्षित महसुस गरिरहेका छन्। त्यसैले हामी नियमित काममा फर्किन सकेका छैनौँ,’ जोशीले भने।

नगरप्रहरीसँगको विवादपछि गणेश नेपालीको मृत्यु भएको घटनालाई लिएर नगरप्रहरीको भूमिकामाथि प्रश्न उठेको छ। घटनापछि केही नगरप्रहरीलाई प्रहरीले सोधपुछसमेत गरेको थियो।

जोशीका अनुसार अहिले महानगरका नगरप्रहरी कुनै पनि स्थानमा नियमित सडक व्यवस्थापनको काममा परिचालित छैनन्। यसको प्रत्यक्ष असर फुटपाथ व्यवस्थापन, अव्यवस्थित पार्किङ नियन्त्रण र सडक अनुशासनमा देखिन थालेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले नगरप्रहरीको सुरक्षाका विषयमा जिल्ला प्रशासन कार्यालयसँग छलफल भइरहेको जानकारी दिए।

‘वार्ता चलिरहेको छ। बेलुकासम्म केही निर्देशन आउन सक्छ। हाम्रो सुरक्षाको स्पष्ट प्रत्याभूति नभएसम्म सडकमा निस्किएर काम गर्न सक्ने अवस्था छैन,’ जोशीले भने।

नगरप्रहरी परिचालन अनिश्चित बनेसँगै न्युरोडसहितका व्यस्त व्यापारिक क्षेत्रमा फुटपाथ अतिक्रमण र सडक किनारको पार्किङ बढेको छ। यसले पैदलयात्रीलाई आवतजावतमा कठिनाइ हुनुका साथै महानगरको सडक तथा फुटपाथ व्यवस्थापन प्रणालीमाथि थप दबाब सिर्जना गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.