संविधान संसोधनका लागि आयोग बनाउन कांग्रेस–एमाले सहमत, कल्याण श्रेष्ठको नाम प्रस्ताव
काठमाण्डौ । पूर्व प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठको संयोजकत्वमा आयोग बनाएर संविधान संसोधन गर्ने सहमति भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच केहीबेरअघि संविधानका कतिपय व्यवस्था संसोधन गरेर अगाडि बढ्ने र त्यसका लागि पूर्व प्रधानन्यायाधीश श्रेष्ठको नेतृत्वमा आयोग बनाएर अगाडि बढ्ने सहमति भएको हो ।