बुधबार, भाद्र २५,२०८२ 10:57:04
  • बुधबार, भाद्र २५,२०८२ 10:57:04
Global IME Bank Limited

संविधान संसोधनका लागि आयोग बनाउन कांग्रेस–एमाले सहमत, कल्याण श्रेष्ठको नाम प्रस्ताव

Hyundai Nepal
संविधान संसोधनका लागि आयोग बनाउन कांग्रेस–एमाले सहमत, कल्याण श्रेष्ठको नाम प्रस्ताव

काठमाण्डौ । पूर्व प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठको संयोजकत्वमा आयोग बनाएर संविधान संसोधन गर्ने सहमति भएको छ ।  

नेपाली कांग्रेस र नेकपा एमालेबीच केहीबेरअघि संविधानका कतिपय व्यवस्था संसोधन गरेर अगाडि बढ्ने र त्यसका लागि पूर्व प्रधानन्यायाधीश श्रेष्ठको नेतृत्वमा आयोग बनाएर अगाडि बढ्ने सहमति भएको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कांग्रेसका एक नेताका अनुसार सहमतिको खाका तयार भइसकेको छ । अब सहमतिको फाइन कपीसहित कांग्रेस नेताहरु बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवासमा जाने तरखरमा छन् ।  

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको टोली ओलीको बालकोट निवासमा पुगेर आजै नयाँ सरकार बनाउने सहमतिमा हस्ताक्षर गर्ने योजना छ ।  

प्रतिनिधिसभाका यी दुई ठूला दलबीच गठबन्धन गरेर जाने सहमति भएसँगै प्रचण्ड नेतृत्वको वर्तमान सरकार ढल्ने निश्चित भएको छ ।  

कांग्रेस र एमालेबीच समानुपातिक निर्वाचन प्रणाली खारेज गरेर जाने, प्रदेश संख्या घटाउने लगायतका विषयमा संविधान संसोधन गरेर अगाडि बढ्ने सहमति बनेको बताइएको छ ।  

सहमतिअनुसार प्रतिनिधिसभाको बाँकी कार्यकालमध्ये सुरुमा आधा एमालेले नेतृत्व गर्नेछ भने बाँकी रहेको आधा कार्यकाल कांग्रेस नेतृतवमा सरकार बन्नेछ । पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् । उनी नेतृत्वको सरकारमा अर्थमन्त्रालय र गृह मन्त्रालय नै एमालेलाई दिन कांग्रेस सहमत देखिएको स्रोतहरुले बताएका छन् ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.