कर्मचारी सञ्चय कोषले सुरु गर्यो गाडी र मोटरसाइकल कर्जा, सञ्चयकर्ताले अब सवारी खरिद गर्न सापटी पाउने
काठमाण्डौ । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताका लागि सवारीसाधन खरिद गर्न कर्जा प्रवाह सुरु गरेको छ। कोषमा नियमित रकम जम्मा गर्दै आएका सञ्चयकर्ताले अब चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न सापटी सुविधा प्राप्त गर्न सक्ने भएका छन्।कोषले ‘सञ्चयकर्ता सवारी साधन सापटी विनियमावली, २०८२’ बमोजिम हलुका सवारीसाधन खरिदका लागि कर्जा उपलब्ध गराउन सुरु गरेको...

