नियमभन्दा माथि प्रभू बैंक ! संस्थापकका किशोरजंग सर्वसाधारणबाट अध्यक्ष
काठमाण्डौ । प्रभू बैंकमा सञ्चालक चयनसम्बन्धी नियामकीय व्यवस्थालाई चुनौती दिने अर्को गम्भीर प्रकरण फेला परेको छ। यसअघि बिर्खबहादुर बस्नेतले संस्थापक र सर्वसाधारण दुवै समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेको तथ्य बाहिरिएकोमा अहिले बैंकका अध्यक्ष किशोरजंग कार्कीसमेत फरक-फरक समयमा दुई समूहबाट सञ्चालक बनेको प्रमाण भेटिएको हो।बैंककै आधिकारिक विवरणअनुसार आर्थिक वर्ष...

