कोशी प्रदेशको आगामी आर्थिक वर्षको बजेट पारित
काठमाण्डौ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट प्रदेश सभाबाट पारित भएको छ। आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले गत असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट बुधबार आवश्यक छलफलपछि पारित भएको हो।पारित बजेटअनुसार कुल विनियोजनमध्ये चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ, पूँजीगततर्फ २०...

