लिबर्टी माइक्रो लाइफको विशेष साधारण सभा सम्पन्न, ३०% आईपीओ जारी गर्ने प्रस्ताव पारित
काठमाण्डौ। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ। कम्पनीको प्रधान कार्यालय पोखरामा आज बिहीबार सभा सम्पन्न भएको हो। सभामाबाट कम्पनीको जारी पुँजीको ३० प्रतिशत प्राथमिक सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पास भएको छ। सर्वसाधारण समूहका लागि छुट्टाइएको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सेयर जारी गर्न...