लेडी गागाको कन्सर्टबाट ब्राजिलले १०० मिलियन डलर आम्दानी गर्ने !
काठमाण्डौ । अमेरिकी गायिका लेडी गागाले शनिबार ब्राजिलको रियो दि जेनेरियोको कोपाकाबाना बीचमा निःशुल्क कन्सर्ट गरिन् । जुन उनको अहिलेसम्मको सबैभन्दा ठूलो कन्सर्ट थियो ।सहरका अधिकारीहरूका अनुसार लेडी गागाको कन्सर्टमा २० लाखभन्दा बढी मानिस आएका थिए। रियोको अर्थतन्त्रलाई बलियो बनाउन सकियोस् भन्ने अभिप्रायले कन्सर्टको सम्पूर्ण खर्च सहर प्रशासनले बेहोरेको छ ।