दशकौँको बसोबास भएपनि भूमिहीन तथा सुकुम्बासी समुदायको लालपुर्जा अनिश्चित, कानूनी गाँठो मुख्य बाधा
काठमाण्डौं, तनहुँमा दशकौँदेखि जग्गा स्वामित्वको आशामा बसेका भूमिहीन तथा सुकुम्बासी समुदायको लालपुर्जा पाउने प्रक्रिया कानूनी र प्राविधिक जटिलतामा अड्किएको छ। वन ऐनका कडा प्रावधान र भूमि नापीसम्बन्धी व्यवस्थाबीचको द्वन्द्वले वितरण प्रक्रिया अन्योलमा पुगेको हो।

