निफ्राको १२.९६ करोड कित्ता सेयरको लक–इन समयावधि आज समाप्त हुँदै
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को लक इन समयावधि आज समाप्त हुँदैछ। बैंकले एक सूचना जारी गर्दै आज फागुन २३ गते बैंकको संस्थापक सेयरधनीहरुको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो ।