काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको ३८ लाख कित्ता बढी संस्थापक सेयरको लक–इन समयावधि फागुन २ गते समाप्त हुँदैछ।
कम्पनीले एक सूचना जारी गर्दै आगामी फागुन २ गते संस्थापक सेयरधनीको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो ।
कम्पनीको संस्थापकको स्वामित्वमा रहेको रु १०० अंकित दरका ३८ लाख ५१ हजार कित्ता लाख कित्ताको लक–इन अवधि फागुन २ मा समाप्त हुन लागेको हो ।
कम्पनीको संस्थापक समूहको सेयरधनी विदेशी लगानीकर्ता डोल्मा इम्प्याक्ट–आईको प्रतिनिधिले दिएकोृ राजीनामा २०७९ फागुन ३ गते सोहि दिनदेखि लागू हुने गरी स्विकृत भएको थियो । उक्त सेयरधनीको नाममा रहेको ३८ लाख ५१ हजार कित्ता सेयरको लक–इन समयावधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ ।