श्वेत–गंगा हाइड्रोपावरको ३८.५१ लाख कित्ताको लक–इन समयावधि फागुन २ मा समाप्त हुँदै
काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको ३८ लाख कित्ता बढी संस्थापक सेयरको लक–इन समयावधि फागुन २ गते समाप्त हुँदैछ। कम्पनीले एक सूचना जारी गर्दै आगामी फागुन २ गते संस्थापक सेयरधनीको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो ।