काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १३ करोड ६२ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ९ करोड ७२ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको खुद नाफा करिब ४० प्रतिशतले बढेको हो।
समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २८ करोड ८३ लाख १९ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २७ करोड २५ लाख १६ हजार रुपैयाँ थियो।
कम्पनीको सञ्चालन नाफा २० करोड ९ लाख ८५ हजार रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा सञ्चालन नाफा १९ करोड ६ लाख ५३ हजार रुपैयाँ थियो।
यस अवधिमा कम्पनीको वित्तीय खर्च ६ करोड ५९ लाख ५२ हजार रुपैयाँ रहेको छ। गत वर्ष यस्तो खर्च ९ करोड १३ लाख रुपैयाँभन्दा बढी थियो। वित्तीय खर्च घट्दा नाफा बढ्न सहयोग पुगेको देखिन्छ।
कम्पनीको चुक्तापुँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ रहेको छ। असोज मसान्तसम्म कम्पनीको दीर्घकालीन ऋण करिब ४ अर्ब ३३ करोड ७४ लाख रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५५ पैसा पुगेको छ। गत वर्षको यही अवधिमा यस्तो आम्दानी ६ रुपैयाँ ११ पैसा थियो। प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ २० पैसा रहेको छ।
पहिलो त्रैमासमा कम्पनीको कुल सम्पत्ति ६ अर्ब २३ करोड ८७ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।