लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटकलाई सास्ती
काठमाण्डौ । सोलुखुम्बु जिल्लाको लुक्लामा अवस्थित तेन्जिङ हिलारी विमानस्थल मौसम प्रतिकूलताका कारण १० दिनदेखि बन्द अवस्थामा छ । गत जेठ २६ गतेदेखि यो विमानस्थलबाट हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । लुक्ला विमानस्थलमा...