शुक्रबार, असार २०,२०८२ 10:13:32
  • शुक्रबार, असार २०,२०८२ 10:13:32
Global IME Bank Limited

लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटकलाई सास्ती

Hyundai Nepal
लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटकलाई सास्ती
Nabil Bank Limited

काठमाण्डौ । सोलुखुम्बु जिल्लाको लुक्लामा अवस्थित तेन्जिङ हिलारी विमानस्थल मौसम प्रतिकूलताका कारण १० दिनदेखि बन्द अवस्थामा छ । गत जेठ २६ गतेदेखि यो विमानस्थलबाट हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् ।  

अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।  

लुक्ला विमानस्थलमा मौसमका कारण हेलिकप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सुर्के केही होचो स्थान भएकाले त्यहाँबाट हेलिकप्टरले पर्यटक काठमाण्डौ लैजाने काम काम भईरहेको छ ।  

लुक्लाभन्दा तल करिब चार घण्टाको पैदल दूरीमा पर्ने थामडाँडासम्म गाडी पुग्ने गर्छ । यसका कारण कतिपय पर्यटक तीनदेखि चार घण्टाको पैदल हिँडेर थामडाँडा झरेर त्यहाँबाट गाडीमार्फत सदरमुकाम सल्लेरी हुँदै काठमाण्डौ फर्कने गरेका छन् । थामडाँडाबाट सल्लेरीको दूरी करिब ७० किलोमिटर छ । उक्त सडक कच्ची भएकाले बोलेरो गाडीमात्रै सञ्चालन हुने गरेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.