माइतीघरमा सुकुमबासीको प्रदर्शन, डोजर अभियानविरुद्ध खबरदारी
काठमाण्डौं । अखिल नेपाल सुकुमबासी सङ्घ र संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले देशका विभिन्न स्थानमा सुकुमबासी बस्तीहरूमा सञ्चालन भइरहेको भनिएको डोजर अभियान र बलपूर्वक विस्थापनको विरोधमा राजधानीमा खबरदारी कार्यक्रम गरेका छन्। उनीहरूले राज्य र स्थानीय प्रशासनले सुकुमबासी समुदायमाथि दमनकारी व्यवहार गरेको आरोप लगाउँदै तत्काल यस्तो कार्य रोक्न सरकारसँग माग गरेका...

