हुम्लामा मानसरोवर–कैलाश यात्रु बढे, सिमकोट–हिल्सा रुटमा पर्यटन चहलपहल तीव्र
काठमाण्डौ । पर्यटकीय सिजन शुरु भएसँगै हिमाली जिल्ला हुम्लामा धार्मिक पर्यटनको चहलपहल तीव्र बनेको छ। सिमकोट विमानस्थल हुँदै हिल्सा नाका भएर चीनको ताक्लाकोट र मानसरोवर–कैलाश दर्शनका लागि जाने भारतीय पर्यटकको संख्या ३ हजार ७ सयभन्दा बढी पुगेको छ।

