मापसे र नशालु पदार्थ सेवन गरी सवारी चलाए कडा जरिवाना
काठमाण्डौ । मादक पदार्थ सेवन (मापसे) वा अन्य नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई कडा जरिवाना गर्ने नयाँ व्यवस्था प्रस्ताव गरिएको छ।प्रस्तावित नियमअनुसार दुई तथा तीन पाङ्ग्रे सवारी साधन चलाउने चालकले मापसे वा नशालु पदार्थ सेवन गरी सवारी चलाएको पाइएमा २५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।

