काठमाण्डौ । मादक पदार्थ सेवन (मापसे) वा अन्य नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई कडा जरिवाना गर्ने नयाँ व्यवस्था प्रस्ताव गरिएको छ।
प्रस्तावित नियमअनुसार दुई तथा तीन पाङ्ग्रे सवारी साधन चलाउने चालकले मापसे वा नशालु पदार्थ सेवन गरी सवारी चलाएको पाइएमा २५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।
त्यस्तै, साना सवारी साधनका चालकका लागि ३५ हजार रुपैयाँ जरिवाना तोकिएको छ भने मझौला तथा ठूला सवारी साधन सञ्चालन गर्ने चालकका हकमा ५० हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सडक सुरक्षा र दुर्घटना न्यूनीकरणलाई लक्षित गरी यस्तो कडा जरिवाना प्रणाली ल्याउन लागिएको सम्बन्धित निकायले जनाएको छ।

