माधवप्रसाद उपाध्याय गरिमा विकास बैंकको नयाँ सीईओ
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंकको चैत १४ गते बुधबार बसेको सञ्चालक समितिको ३०४ औं बैठकले बैंकमा लामो समयदेखि नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई आगामी बैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।