उत्पादनमूलक कम्पनीको नाफामा ठूला ब्रान्डकै दबदबा, १२ कम्पनीले पौने २ अर्ब कमाउँदा चार कम्पनी घाटामा !
काठमाण्डौ । नेपालको सेयर बजारमा सूचीकृत उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरूको वित्तीय अवस्था विश्लेषण गर्दा नाफा आर्जनमा केही ठूला कम्पनीको दबदबा देखिएको छ। समूहका १६ कम्पनीमध्ये १२ वटा नाफामा र चारवटा घाटामा रहेका छन्। समग्र नाफा सकारात्मक देखिए पनि कम्पनीगत प्रदर्शनमा ठूलो अन्तर देखिएको छ।उपलब्ध वित्तीय विवरणअनुसार समूहका १६ कम्पनीले कुल १८ अर्ब ९७ करोड ५३ लाख...

