मार्जिन कल आउँदा धितो नथपे बैंकले नै ऋणिको सेयर बिक्री गर्न पाउने
काठमाण्डौ । सेयर बजारको मूल्यमा हुने परिवर्तनको कारणले सेयर धितो सुरक्षणको मूल्यमा कमी आएर मार्जिन कल भएको समयमा ऋणिले थप सुरक्षण नराखे बैंक तथा वित्तीय संस्थाले आफैं सेयर बिक्री गरेर ऋण असूल्न पाउने भएका छन् । यस्तै, केन्द्रीय बैंकले सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस शेयरहरु सूचीकरण नभएको अवस्थामा समेत धितोको रुपमा गणना गर्न पाइने व्यवस्था गरिदिएको छ ।...