MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख रुपैयाँ सहयोग घोषणा
काठमाण्डौ । हिमालय अर्गनाइजेसनअन्तर्गतको MAXUS Nepalले नेपालमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।MAXUS Nepal ले चीनस्थित SAIC MAXUS Automotive Co., Ltd. सँगको समन्वयमा नेपाल सरकारसँग ऐक्यबद्धता जनाउँदै उक्त सहयोग घोषणा गरेको हो।घोषित रकममध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...

