काठमाण्डौ । हिमालय अर्गनाइजेसनअन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई–टेरेन विद्युतीय पिकअप बुकिङ भएको जनाएको छ। बुकिङ भएका सवारीमध्ये ३६ वटा कम्फर्ट भर्सन र ८ वटा प्रिमियम भर्सन रहेका छन्।
कम्पनीले करिब तीन साताअघि सार्वजनिक गरेको ई–टेरेन कम्फर्ट भर्सनको बजार मूल्य ८८ लाख रुपैयाँ तोकेको थियो। नाइमा मोबिलिटी एक्सपोका क्रममा कम्पनीले यसमा २ लाख रुपैयाँ छुट उपलब्ध गराएको थियो। त्यस्तै, १ करोड २८ लाख रुपैयाँ मूल्य तोकिएको प्रिमियम भर्सनमा ५ लाख रुपैयाँ छुटको व्यवस्था गरिएको थियो।
कम्पनीका अनुसार उक्त छुट सुविधा नाइमा मोबिलिटी एक्सपो अवधिका लागि मात्र राखिएको थियो। तर, एक्सपो सकिएपछि पनि केही दिन अफर कायम राख्न ग्राहकहरूले आग्रह गरेपछि भदौ १५ गतेसम्म छुट सुविधा निरन्तरता दिइएको हो।
छुट सुविधामा म्याक्सस ई–टेरेन खरिद गर्न इच्छुक ग्राहकले हात्तीसारस्थित म्याक्ससको शोरुममा पुगेर बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ।
‘परिवार र व्यवसायका लागि एउटै सवारी’ नारासहित बिक्री सुरु गरिएको म्याक्सस ई–टेरेन पिकअप छोटो समयमै नेपाली बजारमा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ। विशेषगरी युवा वर्ग, कच्ची सडकमा नियमित यात्रा गर्नुपर्ने ग्राहक तथा क्याम्पिङमा रुचि राख्ने उपभोक्तामाझ यसको आकर्षण बढेको जनाइएको छ।
आक्रामक डिजाइन, सुविधासम्पन्न इन्टेरियर तथा निजी र व्यावसायिक दुवै प्रयोजनमा प्रयोग गर्न सकिने विशेषताका कारण ई–टेरेनले बजारमा राम्रो प्रतिक्रिया पाएको कम्पनीको भनाइ छ।
उच्च ग्राउन्ड क्लियरेन्सका कारण निर्माण तथा जलविद्युत् आयोजनाका क्षेत्रमा काम गर्ने व्यवसायीका लागि समेत यो विद्युतीय पिकअप उपयोगी र किफायती हुने कम्पनीले जनाएको छ।
म्याक्सस ई–टेरेन चीनको एसएआईसी अन्तर्गतको म्याकसस ब्रान्डले उत्पादन गरेको विद्युतीय पिकअप हो। अन्तर्राष्ट्रिय बजारमा स्थापित ब्रान्डअन्तर्गत उत्पादन भएकाले नेपाली ग्राहकको विश्वाससमेत बढ्दै गएको कम्पनीको दाबी छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।