मेचीका पाँच छोटी भन्सार बन्द, एउटा मात्र सञ्चालनमा, आयात–निर्यात अवरुद्ध
काठमाण्डौं । सीमावर्ती व्यापारलाई सहज बनाउन स्थापना गरिएका मेची भन्सार कार्यालयअन्तर्गतका अधिकांश छोटी भन्सार अहिले निष्क्रिय बनेका छन्। छ वटामध्ये एउटा मात्रै सञ्चालनमा रहे पनि त्यहाँ पनि कारोबार न्यून हुँदा समग्र संरचना प्रभावकारी रूपमा उपयोग हुन सकेको छैन।गौरीगन्ज–२ को आठमौजा छोटी भन्सार सञ्चालनमा भएपनि अन्य गाडागल्ली, बाहुनडाँगी, नकलबन्दा, सतिघट्टा र महाभारा...

