विश्वकप इतिहासमा मेस्सीको नयाँ कीर्तिमान, सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा
काठमाण्डौ । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। अस्ट्रियाविरुद्धको समूह ‘जे’ अन्तर्गतको खेलमा दुई गोल गर्दै उनले विश्वकपमा आफ्नो कुल गोलसंख्या १८ पुर्याएका हुन्।डलास स्टेडियममा सोमबार सम्पन्न खेलको ३८औँ मिनेटमा गोल गर्दै मेस्सीले जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजेको १६...

