व्यवसायी मुन्दडाको घर छापा प्रकरणः मोरङ प्रहरी प्रमुख कटवालसँग २४ घण्टे स्पष्टीकरण माग
काठमाण्डौ । विराटनगरका प्रतिष्ठित व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा प्रहरीले गरेको छापा प्रकरणमा मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग स्पष्टीकरण माग गरिएको छ।प्रदेश प्रहरी कार्यालयले एसपी कटवाललाई ९ बुँदे प्रश्नसहित २४ घण्टाभित्र जवाफ दिन निर्देशन दिएको हो। प्रहरी प्रधान कार्यालयका तर्फबाट एसएसपी योगेन्द्रसिंह थापाले हस्ताक्षर गरेको पत्रमा...

