मोरक्कोको राष्ट्रिय दिवसको अवसरमा काठमाण्डौमा विशेष प्रदर्शनी आयोजना
काठमाण्डौ । मोरक्कोका महामहिम राजा मोहम्मद छैटौँले राजगद्दी आरोहण गरेको २७ औँ वार्षिकोत्सव (राष्ट्रिय दिवस) को अवसरमा नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूतको कार्यालयले आइतबार विशेष समारोह तथा विविध कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रमको शुभारम्भ साउन १७ गते आइतबार बिहान महावाणिज्यदूतको कार्यालय थापाथली, काठमाडौंमा झण्डोत्तोलन समारोहको आयोजना गरिएको छ...

