मंगलवार, भाद्र २,२०८३ 08:31:58
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 08:31:58
Bizshala
Global IME Bank Limited

मोरक्कोको राष्ट्रिय दिवसको अवसरमा काठमाण्डौमा विशेष प्रदर्शनी आयोजना

मोरक्कोको राष्ट्रिय दिवसको अवसरमा काठमाण्डौमा विशेष प्रदर्शनी आयोजना
New Office

काठमाण्डौ । मोरक्कोका महामहिम राजा मोहम्मद छैटौँले राजगद्दी आरोहण गरेको २७ औँ वार्षिकोत्सव (राष्ट्रिय दिवस) को अवसरमा नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूतको कार्यालयले आइतबार विशेष समारोह तथा विविध कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमको शुभारम्भ साउन १७ गते आइतबार बिहान महावाणिज्यदूतको कार्यालय थापाथली, काठमाडौंमा झण्डोत्तोलन समारोहको आयोजना गरिएको छ ।

समारोहमा प्रमुख अतिथि नेपालका लागि मोरक्को अधिराज्यका महामहिम राजदूत मोहम्मद मलिकी र नेपालका लागि मोरक्को अधिराज्यका महावाणिज्यदूत मेघा चौधरीले राष्ट्रिय झण्डा फहराउँदै कार्यक्रमको शुभारम्भ गरे । सोही अवसरमा  मोरक्को अधिराज्य र नेपालको राष्ट्रिय गान प्रस्तुत गरिएको छ ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, व्यवसायी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ ।

सो अवसरमा महावाणिज्यदूत मेघा चौधरीले राजा मोहम्मद छैटौँप्रति हार्दिक शुभकामना व्यक्त गर्दै उहाँको सुस्वास्थ्य, दीर्घायु तथा मोरक्को अधिराज्यमा निरन्तर शान्ति, समृद्धि र उन्नतिको कामना गरे । उनले नेपाल र मोरक्कोबीच रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदान–प्रदानका माध्यमबाट अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे ।

Bizshala
CG Motors

मोरक्कोले हरेक वर्ष जुलाई ३० लाई वर्तमान राजा मोहम्मद छैटौँले राजगद्दी आरोहण गर्नुभएको दिनको सम्झनामा राष्ट्रिय दिवसको रुपमा राष्ट्रिय महत्वका साथ मनाउने गर्दछ । यो दिवसलाई मोरक्कोको राष्ट्रिय एकता, स्थायित्व र विकासप्रतिको प्रतिबद्धताको प्रतीक मानिन्छ । सो अवसरमा नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूतको कार्यालयद्धारा विशेष प्रदर्शनी तथा विशेष समारोह पनि आयोजना गरिएको छ ।

मोरक्कोको समृद्ध सांस्कृतिक सम्पदा, इतिहास तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो । ललितपुरको द प्लाजामा हुने प्रदर्शनी आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा अवलोकनका लागि प्रवेश शुल्क लाग्नेछैन ।प्रदर्शनीमा मोरक्कन परिकार, परम्परागत माटोका सामग्री ९पोटरी०, मोरक्कन शैलीको सजावट, पर्यटनसम्बन्धी जानकारी तथा ट्राभल डेस्क रहनेछन् ।

मोरक्कोको संस्कृति, कला र पर्यटनलाई नेपालीमाझ परिचित गराउन र दुई देशबीचको सांस्कृतिक तथा जनस्तरीय सम्बन्धलाई सुदृढ बनाउन कार्यक्रमको आयोजना गरिएको नेपालका लागि मोरक्को अधिराज्यको अवैतनिक महावाणिज्यदूत मेघा चौधरीले जानकारी दिए ।

‘यो प्रदर्शनी मोरक्कोको कला, संस्कृति र पर्यटनलाई नेपालीमाझ परिचित गराउने थलो मात्र नभएर नेपाल र मोरक्कोबीचको द्विपक्षीय सम्बन्ध, सहकार्य, व्यापार तथा पर्यटकीय आदानप्रदानलाई थप मजबुत बनाउनेछ भन्ने विश्वास लिएको छु,’ महावाणिज्यदूत मेघा चौधरीले भन्नुभयो । यसैगरी, आइतबार साँझ मोरक्को र नेपालको पर्यटन तथा संस्कृतिका विषयमा विशेष संवाद कार्यक्रम तथा विशेष समारोहको पनि आयोजना गरिएको छ । सो अवसरमा मोरक्को कला, संस्कृति झल्किने विशेष डकुमेन्ट्री प्रस्तुत गरिनेछ ।

बीएलसी ग्लोबल होल्डिङ्गस् प्रालिकी सह–अध्यक्ष समेत रहनुभएकी मेघा चौधरी गत फागुनमा नेपालका लागि मोरक्को अधिराज्यको अवैतनिक महावाणिज्यदूतमा नियुक्त भएकी छन् ।

महावाणिज्यदूतमा नियुक्त भएसँगै उनले दुईदेशबीचको कुटनीतिक सम्बन्ध, संस्कृति, पर्यटन तथा व्यापार विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन् ।

महावाणिज्यदूत मेघा चौधरीकै पहलमा नेपाल र मोरक्को अधिराज्यबीचको आवगमनलाई सहज बनाउन भिसा आवेदन प्रक्रियामा सुधार गरिएको छ ।

नेपालीहरुले नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूतको कार्यलयबाट सिफारिस पत्रलाई भिसा आउटसोर्सिङ एजेन्सी भीएफएस ग्लोबल मार्फत भिसाका लागि आवेदन दिन र भिसा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाले भिसा प्रक्रियाका लागि नेपालीहरु भारतमा जानु नपर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.