मुग्लिन–मलेखु सडक विस्तारका क्रममा सवारी आवागमन नरोकिने
काठमाण्डौ । मुग्लिन–मलेखु सडकको स्तरोन्नतीका क्रममा सवरी आवागमन नरोकिने भएको छ । मुग्लिनबाट मलेखुसम्म ३९ किलोमिटर सडक खण्डमा विस्तारको कामका क्रममा सडक सञ्चालन नरोकने भएको हो । गत साता भने यस सडकखण्डमा सवारी आवागमन रोकेर स्तारोन्नतीका काम गरिएका थियो । यो खडकखण्डमा गत पुस ७ गतेदेखि १३ गतेसम्म सवारी रोकेर काम गरिएको थियो ।