मुक्तिनाथ म्युचुअल फण्ड–२ को साढे १२ करोड इकाइ सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ म्युचुअल फण्ड–२ का १२ करोड ५० लाख इकाइ सूचीकृत भएको छ । मुक्तिनाथ सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड–२ का प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका कुल १२ करोड ५० लाख इकाइ सूचीकृत भएका हुन्।

