नागढुंगा सुरुङ मार्गमा १५ कात्तिकदेखि शुल्क लाग्ने, कुन सवारीको दस्तुर कति ?
काठमाडौं । नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी १५ कात्तिकदेखि सडक उपभोग दस्तुर लिइने भएको छ।नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाका अनुसार सवारीसाधनको वर्ग र काठमाडौँ प्रवेश तथा बाहिरिने दिशाअनुसार फरक–फरक शुल्क निर्धारण गरिएको छ।

