गेडागुडी आयातमा लगाइएको १०% अग्रिम आयकर खारेज गर्न तेल दाल चामल उद्योग संघको आग्रह
काठमाण्डौ । नेपाल तेल दाल चामल उद्योग संघले सरकारले आगामी आवका लागि प्रस्तुत बजेटका समग्र पक्ष स्वागतयोग्य देखिएपनी दाल उद्योगको कच्चा पदार्थ (दाल गेडागुडी) आयातमा अत्याधिक १० प्रतिशत अग्रिम आयकर लागेको प्रति यस संघको ध्यानाकर्षण भएको जनाएको छ । १० प्रतिशत अग्रिम आयकर थेग्न नसक्ने हुंदा उद्योग बन्द हुने निश्चित भएकाले अग्रिम आयकर खारेजि गर्न संघले आग्रह समेत गरेको छ ।...