‘पिक सिजन’मै नेपाल एयरलाइन्सका दुवै वाइडबडी ग्राउन्डेड, करोडौँ आम्दानी गुम्दै
काठमाण्डौ । बडादसैँ र तिहारको ‘पिक सिजन’ सुरु भइरहेका बेला नेपाल वायुसेवा निगमका दुवै वाइडबडी जहाज एकैपटक ग्राउन्डेड भएका छन्। निगमको मुख्य आम्दानीको स्रोत मानिएका दुवै एयरबस ए–३३० सञ्चालनविहीन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित हुनुका साथै करोडौँ रुपैयाँ बराबरको आम्दानी गुमेको बताइएको छ।निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि चार वटा एयरबस जहाज छन्। तीमध्ये दुई...

