नियमावली विवाद अब सर्वोच्चमा, विपक्षी दल अदालत जाने
काठमाण्डौं । प्रतिनिधिसभाको नयाँ नियमावलीलाई लिएर संसद्भित्र शुरु भएको विवाद अब न्यायिक मैदानमा प्रवेश गर्ने भएको छ। विपक्षी दलहरूले आफ्नो असहमति बेवास्ता गर्दै नियमावली पारित गरिएको निष्कर्ष निकाल्दै सर्वोच्च अदालतमा कानूनी चुनौती दिने तयारी गरेका छन्।

