नामी ईभी अब मात्र रु.५.९९ लाख डाउन पेमेन्टमा, ४८ घण्टामा लोन अप्रुभ हुने
काठमाण्डौ । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धीले एक विशेष फाइनान्सिङ अफर ल्याएको छ । कम्पनीले ईभी खरिद लाई थप पहुँच योग्य बनाउँन यो अफर ल्याएको जनाएको छ । ईभीको माग बढेसँगै नामीले ग्राहकहरूलाई थप सुविधा र सहज सवारी साधन खरिद अनुभव प्रदान गर्नका लागि फाइनान्सिङको सजिलो विकल्प प्रदान गरेको कम्पनीको भनाई छ।