शनिबार, बैशाख १२,२०८३ 09:04:11
Bizshala
  • शनिबार, बैशाख १२,२०८३ 09:04:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नामी ईभी अब मात्र रु.५.९९ लाख डाउन पेमेन्टमा, ४८ घण्टामा लोन अप्रुभ हुने

Bizshala
नामी ईभी अब मात्र रु.५.९९ लाख डाउन पेमेन्टमा, ४८ घण्टामा लोन अप्रुभ हुने
Shivam Cement

काठमाण्डौ । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धीले एक विशेष फाइनान्सिङ अफर ल्याएको छ । कम्पनीले ईभी खरिद लाई थप पहुँच योग्य बनाउँन यो अफर ल्याएको जनाएको छ । ईभीको माग बढेसँगै नामीले ग्राहकहरूलाई थप सुविधा र सहज सवारी साधन खरिद अनुभव प्रदान गर्नका लागि फाइनान्सिङको सजिलो विकल्प प्रदान गरेको कम्पनीको भनाई छ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो पेमेन्ट स्कीमबाट ग्राहकहरूले अब मात्र २० प्रतिशत डाउन पेमेन्ट गरि डोङफेङ नामीका ईभीहरू किन्न सक्नेछन्।नामी ईभी मोडेलहरूको लागि डाउन पेमेन्ट मूल्य ५.९९ लाख रुपैयाँमा तय गरिएको छ।यसले ग्राहकहरूलाई कुनैपनि क्यापिटल अप फ्रन्ट बिना पूर्णरूपमा प्रिमियम गुणस्तरको ईभी खरिद गर्न सहज बनाउने छ । जसले गर्दा अब यो ईभी ठूलो सङ्ख्याका ग्राहकहरूले सजिलै किन्न सक्नेगरि उपलब्ध हुने कम्पनीको विश्वास छ ।

CG Motors
Garima Development Bank
IME remit

सरल र सजिलो खरिद प्रक्रिया पूरा गर्न नामीले ८० प्रतिशत  सम्म फाइनान्सिङ गर्दछ । जसले गर्दा ग्राहकहरूले विश्वसनीय फाइनान्सियल पार्टनरहरू मार्फत आफ्नो गाडीको लागतको ठूलो हिस्सा फाइनान्सिङ गर्न सक्नेछन्। यसले ग्राहकहरूलाई समयसँगै आफ्ना पेमेन्टहरू फैलाउन मद्दत गर्ने कम्पनीले उल्लेख गरेको छ। योसँगै, ४८ घण्टामा लोन अप्रुभल गरिने कम्पनीले जनाएको छ ।  

फाइनान्सिङको यस अवसरको बारेमा थप जानकारीको लागि इच्छुक ग्राहकहरूले नजिकैको नामी शोरूम भिजिट गर्न सक्नेछन् । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.