नक्कली भुटानी शरणार्थी प्रकरण: काठमाण्डौं जिल्ला अदालतमा पुनः पेसी
काठमाण्डौं । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने योजनासम्बन्धी बहुचर्चित संगठित अपराध मुद्दा आज पनि जिल्ला अदालत काठमाडौंमा सुनुवाइका लागि अघि बढाइएको छ। उक्त मुद्दाको पेसी न्यायाधीश खिमानन्द भुसालको इजलासमा निर्धारण गरिएको छ।

