दसैंको दक्षिणा गन्दाको जस्तो मज्जा केहीमा आएन: नरेन्द्र सिजापति
काठमाण्डौ । कालिका सेक्यूरिटिज(स्टक ब्रोकर नम्बर ४६)का सञ्चालक नरेन्द्र सिजापति यसपटकको दसैंमा टाढा घुम्न गएनन् । यसपालि पूरै समय घरमा पारिबारिलाई नै समय दिएर दसैं मनाइरहेका छन्, रमाइरहेका छन् । दैलेख घर भएका सिजापति काठमाण्डौको लोकन्थलीका बासिन्दा हुन् । सधैं घुमघाम गर्न रुचाउने सिजापति यसपालि भने केही भिन्न शैलीमा दसैं मनाउँदैछन् ।