बिहीबार, चैत्र २१,२०८१ 03:16:14
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:16:14
IME remit
Global IME Bank Limited

दसैंको दक्षिणा गन्दाको जस्तो मज्जा केहीमा आएन: नरेन्द्र सिजापति

Hyundai Nepal
दसैंको दक्षिणा गन्दाको जस्तो मज्जा केहीमा आएन: नरेन्द्र सिजापति
Nabil Bank Limited

काठमाण्डौ । कालिका सेक्यूरिटिज(स्टक ब्रोकर नम्बर ४६)का सञ्चालक नरेन्द्र सिजापति यसपटकको दसैंमा टाढा घुम्न गएनन् । यसपालि पूरै समय घरमा पारिबारिलाई नै समय दिएर दसैं मनाइरहेका छन्, रमाइरहेका छन् ।  

दैलेख घर भएका सिजापति काठमाण्डौको लोकन्थलीका बासिन्दा हुन् । सधैं घुमघाम गर्न रुचाउने सिजापति यसपालि भने केही भिन्न शैलीमा दसैं मनाउँदैछन् । 

Shivam Cement
Bizshala
CG Motors

दसैं भन्नेबित्तिकै पहाडमा हुर्केको कारण सिजापतिले पनि गाउँघरकै याद गर्छन । दसैंलाई उनी नयाँ कपडा लगाउने र मीठोमसिनो खाने पर्वकै रुपमा विशेष गरी सम्झिन्छन् ।  

बाल्यकालमा दिनभर टीका लगाएपछि साँझमा दक्षिणा गन्दा जुन आनन्द आँउथ्यो, त्यो आनन्द अहिलेसम्म कुनै पनि दसैंमा नआएको सुनाउँछन् । बालापनमा दाजुभाईमध्ये कसले दक्षिणाबाट बढी पैसा जम्मा गरेको भन्ने विषयमा हुने प्रतिस्पर्धालाई सम्झिँदा आज पनि उनको मन पुलकित हुने गर्छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसपालिको दसैंपछि भने उनी राजधानीनजिकैको पाँचपोखरी घुम्न जाने योजनामा छन् ।  

सिजापतिले दसैं अगाडिको बजार केही साइडवेज चलेका कारण केही खल्लो जस्तो देखिएता पनि दसैं पछि राम्रै हुने अनुमान गरे । आगामी दिनमा बजार अझै बलियो हुँदै जाने उनको तर्क छ ।  

दसैंको विदा अवधिमा सेयर बजारलाई भूलेर सकेसम्म फ्रेस हुन र प्रशस्त शक्ति सञ्चय गरी सेयर बजारमा दमदार ढंगले पुनः प्रवेश गर्ने गरी योजना बनाएर अगाडि बढ्न उनले लगानीकर्तालाई सुझाए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.