नेशनल फण्ड म्यानेजमेन्टको अवितरित हकप्रद सेयरको बिक्री प्रक्रिया रद्द
काठमाण्डौ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले ११ लाख कित्ता बढी संस्थापक समूहको अवितरित हकप्रद सेयर बिक्री प्रक्रिया रद्द गरेको छ । कम्पनीले भदौ १३ गतेदेखि २० गतेसम्म लिलामी प्रक्रियाद्वारा बिक्री गर्ने तय भएको ११ लाख ७२ हजार कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल प्रक्रिया रद्द गरेको हो । कम्पनीले सेयर बिक्रीका लागि भदौ ६ गते सूचना जारी गरेको थियो ।