नेपाल क्लियरिङ हाउस र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच समझदारी
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसीएचएल) र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस प्रालिबीच नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई डिजिटल सेवाहरुमा सक्षम बनाउनका लागि समझदारी भएको छ। उक्त समझदारी पत्रमा वानप्वाइन्टका सीइओ तथा संस्थापक प्रताप श्रेष्ठ र एनसीएचएलका तर्फबाट सईओ नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।