नेपाल मेडिकल कलेजमा नवजात शिशुको श्रवण क्षमता जाच्ने ओएई उपकरण
काठमाण्डौ। नेपाल मेडिकल कलेजले नवजात शिशुहरुको श्रवण क्षमता परीक्षण गर्ने अत्याधुनिक ओएई उपकरण सञ्चालनमा ल्याएको छ । कलेजको इएनटी विभागमा ओकोअकोस्टिक उत्सर्जन (ओएई) परीक्षण यन्त्र सञ्चालनमा ल्याइएको हो ।सोमबार कलेजका अध्यक्ष प्रा.डा.जैनुद्धिन अन्सारीले नाक कान घाँटी विभागको अडियोलोजी युनिटमा अत्याधुनिक ओएई उपकरणको उद्घाटन गर्दै नवजात शिशुहरुको कानको श्रवण क्षमता...