बिहीबार, बैशाख ३१,२०८३ 05:39:47
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 05:39:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम

Laxmi Sunrise Bank Limited
नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम
Shivam Cement

काठमाण्डौ । नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई एडभान्स कार्डिएक लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट तथा एयरवेज म्यानेजमेन्ट सम्बन्धी तालिम दिइएको छ । कलेजको नर्सिङ विभाग, क्रिटिकल केयर तथा इमरजेन्सी म्यानेजमेन्टले दिएको चार दिने तालिममा १०३ जना स्टाफ नर्सहरु सहभागी थिए ।

कलेजमा कार्यरत स्टाफ नर्सहरुको क्षमता विकास गराउने उद्देश्यका साथ कलेजले यो तालिम दिएको जनाएको छ । तालिममा सहभागी स्टाफ नर्सहरुलाई उपचारका क्रममा बिरामीको शारिरीक स्वास्थ्य अवस्था हेरेर उसलाई कस्तो प्रकारको लाइफ सपोर्ट चाहिएको निश्चित गरी प्रयोग गर्न सिकाइएको थियो । चिकित्सकीय सेवामा लाईफ सपोर्टका स्वास्थ्य सामग्रीहरु बिरामीलाई समयमै प्रयोग गर्दा हुने फाइदाहरुका बारेमा जानकारी दिईएको कलेजकी मेट्रोन नविना सिंहले जानकारी दिइन् ।

Bizshala
New Office
CG Motors

तालिममा सहभागी स्टाफ नर्सहरुले इमरजेन्सी तथा क्रिटिकल केयरमा आउने बिरामीहरुलाई सहज बनाउन लाइफ सपोर्ट स्वास्थ्य सामग्रीहरुको उपयोगिता, त्यसले दिने फाइदा बारे जानकारी पाइएको बताए । इमरजेन्सी र क्रिटिकल केयरमा आउने बिरामीहरुलाई समयमै उपचार गराउन सके उनीहरुको जीवन बचाउन लाइफ सपोर्ट सामग्रीहरुको महत्वपूर्ण भूमिका रहने बताइएको छ ।

कलेजले आफ्ना स्वास्थ्यकर्मीहरुलाई समयसापेक्ष दक्ष र सीपयुक्त बनाउन समयसमयमा यस्ता तालिमहरु नियमित रुपमा गर्दै आइरहेको अस्पताल प्रशासनले जनाएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.